पाँचथर (यासोक)। देश संङ्घीय संरचनामा गएसंगै स्थानीयतह अधिकार सम्पन्न भएका छन् । करोडौं रुपैयाँको आर्थिक कारोबार हुने स्थानीयतहमा बैङ्क स्थापना भएपछि त्यहाँका स्थानियलाई सहज भएको छ । पाँचथरको आठ वटै स्थानियले बैङ्किङ सेवा पाउँन थालेका छन्।

जिल्लाको कुम्मायक गाउँपालिका केन्द्रमा रहेको मेगा बैंङ्क शाखा कार्यालयले पनि नागरिकको लागि बिहान देखि बेलुका सम्म सेवा प्रभाह गरेको छ । दैनिक ४ सयदेखि ५ सय नागरिकले सेवा लिने गरेका छन । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता र शिक्षकको तलब निकासा गरेसंगै बैङकमा स्थानीयको भीड लागेको हो । नयाँ नोट सटही गर्न पनि  त्यहाँका स्थानीय बैंङ्कमा पुग्ने गरेका छन् ।

कुम्मायक र फाल्गुनन्द गाउँपालिका ६ र ७ वडाका नागरिकले पनि बैंङ्कबाट सेवा लिदै आएका छन । फाल्गुनन्द ६ र ७ नम्बर वडाको लागि गाउँपालिकाको बैंङ्क पायक पर्ने स्थनमा नभएका कारण त्यस क्षेत्रका नागरिकले कुम्मायकबाटै सेवा लिने गरेको बैंङ्कका प्रमुख छत्रपती निरौलाले बताए ।

बैंङ्कले कृषि, उद्योग र व्यवसायमा कर्जा प्रभाह गर्दै आएको छ । दशैको समयमा सामाजिक शुरक्षा भत्ता, शिक्षक र कर्मचारीको तलब गरी ५ करोड रुपैयाँ निकासा गरेको कार्यालयले जनाएको छ ।