झापा/ झापाको दमक नगरपालिका-५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

मङ्गलबार राती १० बजे आफ्नै घर अगाडी नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडी करेन्ट लाग्दा घाईते भएका माझीको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।