विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शरेधन राईले प्रगतीशिल समाज निर्माणका लागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन् । बौद्धिक सरोकार केन्द्रले विराटनगरमा सोमबार आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ‘ओझेलका यथार्थहरू’ पुस्तकको बिमोचन गर्दै मुख्य मन्त्री शेरधन राईले यस्तो बताका हुन् ।
उनले सचेतनामुलक समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन प्रदेश सरकार लागि परेको बताए । प्रदेश स्तरिय एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास गराउने मुख्य मन्त्री राईले बताए ।
उनले हजारौ बर्षदेखी जकडिएर बसेको अन्धबिश्वासी चेतलाई हटाएर प्रगतिशिल चेत निर्माण गर्न प्रदेशका सबै बिद्धान लेखहरुलाई कलम चलाउन आग्रह गरे । संघिय गणतन्त्र स्थापना भएर देशमा नयाँ यूग सूरु भैसकेपनि अझै समाजको चेत पुरातन नै रहेकोले नयाँ बनाउनका लागि बिद्धान बर्गहरुलाई मुख्यमन्त्री राईले आग्रह गरे । ‘सचेत लेखकहरू सबैले प्रगतिशिल बनेरे कलम चलाउन आवश्यक छ,’ उनले भने, ‘अनिमात्र परिवर्तन सँस्थागत हुनसक्नेछ ।’ उनले इमान र सकारात्मक सोचको बिकास हुनसके मात्र नयाँ यूग सँस्थागत हुनसक्ने बताए । ‘आडम्बरी चेतले देशको बिकास हुनसक्दैन,’ उनले भने, ‘कुहिएका, गलेका , सडेका, चिजहरूको भारी बोकेर नयाँ चीज प्राप्त हुनसक्दैन त्यसलाई जरैदेखी उखेलेर फयाँक्नुपर्छ ।’
प्रभावबाट मुक्त्त पुस्तक
बिमोचन कार्यक्रमा प्राडा बद्री विशाल पोखरेललले हिन्दु धर्म र सँस्कृतिको बिकृतीबारे लेखिएको पुस्तक ओझलका यथार्थ आश, त्रास र वतासबाट मुक्त्त रहेको वताए । प्राडा पोखरेलले अन्ध बिश्वासको भासामा फसेर समाजबाद आउदैन भन्दै प्रगतिशिल चेतको बिकासकालागि सरकार र राजनैतिनक पाटीहरु लाग्नुपर्नेमा जोड दिए ।
प्रोफेसर कृष्ण पोखरेलले ओझेलका यथार्थ हिन्दु धर्म सँस्कृति, बेद, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरुको सत्यता बुझाउन लेखिएको बताए । ‘धर्म र सँस्कृतिमा रहेका भय पुराण नहटेसम्म समाजप्रगतिशिल हुनसक्दैन,’ उनले भने । उनले सत्ता र देउताका बिचौलियाहरुले धर्म सस्कृतिमा अन्ध बिश्वास र आडम्वर भरेकोले त्यसलाई हटाउन समाजका सबै क्षेत्र, बर्गहरू लाग्नु पर्नेमा जोड दिए ।
नेकपाका केन्द्रिय सदस्य बिनोद ढकालले ओझेलका यथार्थ पुस्तक लेख्ने लेखक प्राडा गणेश क्षेत्री साँस्कृतिक क्षेत्रका शिखर बौद्धिक व्यक्ति रहेको बताए । नेकपा केन्द्रिय सदस्य गोपी अछामीले प्रगतीशिल चेतको बिकासकालागि पुस्तकको भूमिका कालजयी हुने दाबी गरे ।
प्राडा क्षेत्रीले लेखेको ओझेलका यर्थाथ पुस्तक हिन्दु धर्म सँस्कृतिका तत्व र आयामहरुबारे बैज्ञानिक बिश्लेषण गर्दै सुधारर्नुपर्ने सुझाव दिइएको छ ।