लक्ष्मीमार्ग  / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।
२ दिनदेखिको निरन्तर बर्षाका कारण शुक्रबार तोकिएको फाइनल खेल समेत स्थगित भएको थियो । शनिबार बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन । अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३ः३० बजे हुने छ । उपाधिका लागी धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिडनेछन ।
प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाईएको छ ।