मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ कुवापानीमा शुक्रबार बिहान ठुलो पहिरो गएको छ । बिहान पाँच बजेबाट पहिरो जान थालेको र शुक्रबार साँझ सम्म पनी पहिरो रोकीने छाँटकाँट नदेखीएको मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडा सदस्य नैन राईले बताए ।

राईले टेलीफोन सम्पर्कमा भने ठुलो पहिरो गयो अम्लीसोबारी भएकाले कुनै मानब बस्ती नभएकाले हाल सम्म कुनै मानविय क्षती भने नभएको राईले बताए ।

पहीरोले मिक्लाजुङ गाउँपालिका वडा नं. २ का भविन राई, सन्त खालिङ र महेन्द्र राईको करिब अन्दाजी ५० रोपनी भन्दा बढी अमलिसो बारी पुर्ण रुपमा बगाएर क्षती पुर्याएको मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईले बताए । राईले भने बर्षाका कारण बाटो समेत अवरुद्ध भएकाले उक्त स्थानमा पुग्न कठिन छ । पहिरो गएको सुचना आयो सामाजिक सुरक्षा भक्ता वितरणका लागि बैंक खाता खोल्ने काम भइरहेकाले तत्काल जान नसकिएको राईले बताए ।

चाड बाड नजिकीदै जाँद गएको पहिराले स्थानीयहरुलाई आवागामनमा भने समस्या उत्पन्न भएको छ । पहिरो निरन्तर बगिरहे नजिकै रहेको रानीपोखरी आधारभुत विद्यालयलाई समेत पहिरोले असार पार्ने अवस्था रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद अचार्यले बताए ।

बसौं पछीको अथक र लामो प्रयास पाछी त्यस क्षेत्रका उपभोक्ताहरुले विधुत सेवा उपभोग गर्न पाएका तर पहिरोलो विधुत लाइन नै बगाए पछी थप समस्या भएको स्थानीय महेन्द्र राईले बताए । राईले भने लामो समयको प्रतिक्षा पछि विधुत सेवा उपभोगगर्न पाएका थियो तर यस बर्षको दशैमा पनी पहिरोले बिधुत लाइन बगाए पछी दशै अध्यारै हुने दुखेसो पोखे । उक्त स्थानमा एक महिना पहिले बाट मात्र बिधुत सेवा सुचारु भएको थियो ।

पहिरोले चुलीपोखरी तर्फ ल्याइइको पाइपलाइन पुर्ण रुपमा क्षती पु¥याएकोे छ । सात वटा बिजुलीको पोल समेत पहिरोले बगाएर लगेकोछ । तत्काल बर्षा नरोकीए थप समस्या उत्पन्न हुन सक्ने र मानब बस्ति र रानी पोखरी अधारभुत विद्यालयलाई समेत असर पार्न सक्ने खतरा रहेको वडा सदस्य नैन राईले बताए ।