एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ५३ औं संस्करणमा सहभागी हुन मोरङ मिक्कलाजुङ की एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बटाम प्रस्थान गर्ने भएको छ ।

असोज १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको महिला ५५ केजीमा मोरङ मिक्लाज्ङ रजनी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । प्रतियोगिताका दौरान हुने एसियाली कोंग्रेसमा सहभागी हुन संघका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ पनि असोज ११ गते इन्डोनेसिया जादैछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच खेलाडी सहितको टोलीलाई बिदाइ गरेका थिइ ।