धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिकाको वेदुवा डाँडामा वुधवार विजुलीको ट्रान्सफर्म मर्मत गर्ने क्रममा करेण्ट लागेर विधुतप्राधिकरण धनकुटा शाखामाकार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नंं.९ मुलघाट घर भएकावर्ष ५२ का वलवहादुर भण्डारी रहेका छन् । साँगुरीगढी गाउँपालिका वडा नंं.९ वेदुवाडाँडामा विधुतको ट्रान्सफर्म मर्मत गर्ने क्रममा भण्डारीलाई वुधवार अपरान्ह १.३० वजे करेण्ट लागेको थियो ।
करेण्टलागेर गम्भिर घाईते भएका भण्डारीलाई उपचारको लागीतत्कालविपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगिएको थियो । अपरान्ह ३ वजे विपिमाउपचारको क्रममा भण्डारीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनको विहिवार पोष्टमार्टम गरी धनकुटाको मुलघाटमा अन्त्यष्ठी गरिएको छ ।
































