सिरहा । राष्ट्रिय स्तरीय गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएका छन । चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार ,धनुषाद्वारा राष्ट्रिय स्तरीय गोल्ड कप फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ ।

चारनाथ युवा कल्ब विरेन्द्रवजारको आयोजना तथा गणेशमान चारनाथ नगरपालिका विरेन्द्र वजार तथा अन्य संघ संस्थाको सहयोगमा फुटवल प्रतियोगिता सुरु भएको छ ।
उक्त फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रममा चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार,धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवालको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादबको उपस्थिति रहेको थियो ।

उक्त उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी धनुषाका प्रदिप राज कँडेल,इलाका प्रहारी कार्यलाय धनुषाका (एसपी) प्रहरी उपरीक्षक शेखर खनाल,राष्ट्रिय अनुसान्धन धनुषाका प्रमूख विमल डंगोल,गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मिना देबी यादब, अतिथिको रुपमा चारनाथ उधोग वाणिज्य संघका अध्यक्ष नरेश साह,आर्दश व्यपार संघका अध्यक्ष महेश प्रसाद जयसवाल लगायका वडा अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

उक्त फुटवल प्रतियोगितामा विभिन्न ठाँउका ८ वटा टिमहरु सहभागी हुने भदौ ३१ गते सम्म यो प्रतियोगिता चल्ने चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार,धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवाले जनाएका छन् ।

बिभिन्न क्लवहरुको सहभागिता रहने प्रतियोगिताको बिजेताले नगद ७५ हजार १ सय १ रुपैया सहित ट्रफी र उपविजेताले नगद ५० हजार १ सय १ रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा प्रतेक दिन म्यान अफ दि म्याच खेलाडीले ट्रफी प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष अशोक प्रसाद जयसवालले बताए ।

सुरु खेल बसन्तपुर युनाईटेड कल्ब चितवन भरतपुर र उर्लावारी फुटवल ट्रेनिङ्ग क्लब उर्लावारी मोरङ्ग विच हुने भएको थियो । त्यक्त खेललाई गणेशमान चारनाथ नपाका मेयर यादबले उद्घाघाटन गरी सुरु गरेका थिए ।

footbal2