धनकुटा/ प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको धनकुटामा तिब्र तयारी भैरहेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले जनाएको छ ।

मंगलबार प्रतियोगिताको सह–आयोजक नेपाल तामाङ जिल्ला समन्वय समिति धनकुटाले हिलेमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ग्राण्ड फिनाले सम्पन्न गर्न तिब्र तयारीका साथ लागी परिहेको जानकारी दिएको हो । प्रतियोगिताको समुद्धघाटन समारोहमा प्रमुख अतिथि प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन आउने पनि सो अवसरमाा जानकारी दिइएको छ ।

नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्य समितीको आयोजना र जिल्ला घेदुङ धनकुटाको सह–आयोजनामा तामाङ समुदायको भाषा धर्म संस्कार संस्कृति परम्परालाई प्रबद्र्धन गर्ने उदेश्यले १ नम्वर प्रदेश भरीबाट छनौट भएका तामाङ समुदायको चेलीहरुको व्यक्तित्व विकास गर्न मिस तामाङ प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतियोगिता यहि भाद्र २८ गते शनिबार धनकुटाको हिलेमा हुने भएको छ । सह–आयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाका अध्यक्ष विष्णु तामाङले प्रतियोगिताको ग्राण्ड फिलानेमा २२ जना कन्टेस्टेण्टहरुले भाग लिने बताए ।

प्रतियोगितामा बिजेता फस्ट रनअपले नगद १ लाख गिफ्ट ह्याम्पर र दोस्रोलाई ५० हजार गिफ्ट ह्याम्पर प्रदान गरिने छ । ।

dhankuta2 dhankuta3