बेलबारी  । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा लक्ष्मीमार्ग अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप २०७६ हुने भएको छ ।
डाँगीहाट फुटबल क्लवले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । गोल्डकप असोज ४ गते देखि ११ गते सम्म हुने भएको छ । गोल्डकपमा नेपाल पुलिस क्लव काठमाण्डौं, एपीएफ काठमाण्डौ, मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाण्डौ,झापा ११,सुनसरी ११ रुपन्देही ११ र आयोजक मोरङ ११ र रोयल ११ सिलीगुडी भारतका टिम सहभागि हनु आयोजकले जनाएको छ ।

लक्ष्मीमार्ग स्थित खेलमैदानमा हुन लागेको गोल्डकपको विजेतालाई ५ लाख, उपविजेतालाई २लाख ५० हजार पुरस्कार राशी राखिएको छ । साथै विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष विक्रम राईले बताए । यस अघि दुईपटक गोल्डकपको आयोजना गरि सकेको छ । यस पटक गोल्डकपका लागि मुख्य प्रायोजक वुद्ध एयर र सहप्रायोजक टुवोर्ग वियर रहेका छन् । गोल्डकपमा ३१ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

२०७० सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरिएको क्लवले खेलकुद लगायत सामाजिक सरोकारका विभिन्न चेतना मुलक गतिविधिहरु पनि गर्दै आएको छ । अघिल्लो गोल्डकपबाट प्राप्त आम्दानीबाट क्लवको भवन निर्माण गरिएको बताएका छन् । लक्ष्मीमार्गमा उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय रुपमा पहिचान बनाएर आफ्नो ठाउँको गरिमा बढाएको बेलबारी नगरपालिका वडा नं.११ का वडाध्यक्ष यमनाथ पोख्रेलले बताए ।

त्यसैगरी खेलकुद क्षेत्रबाट पनि समाजको सेवा गर्न सकिने र यसलाई व्यवसायिक रुप दिन सकिने खेलकुद संयोजक अजित अधिकारीले बताए । तसर्थ खेलकुदमा रुची राख्ने नानीहरुलाई उचित वातावरण बनाउन अभिभावकहरु संग उनले अनुरोध पनि गरे ।