विराटनगर / ‘ जन नेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको विचार जनताको बहुदलीय जनवाद माक्र्सवादको यस्तो सिर्जनात्मक प्रयोग हो जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई जनजनमा स्थापित गर्ने काम ग¥यो । कम्युनिष्ट आन्दोलनमा विचलन नआओस भनेर सधै चिन्तित कमरेड मदन भण्डारीले यो विचार त्यतिखेर ल्याउनु भयो जतिबेला पूर्वी युरोप र सोभियत संघ रुसमा समाजवादी पतनको अवस्थामा थियो । आज नेकपाको दुई २ तिहाईको सरकारको आधार नै त्यही विचार थियो जुन मदन भण्डारीले अगाडि सार्नुभएको थियो । ’
उपरोक्त कुरा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले शनिबार बिराटनगरमा मदन भण्डारी फाउण्डेशनको प्रदेश भेलालाई सम्बोधन गर्ने क्रममा बताएका हुन । रातो झण्डा कोठाभित्र हैन मैदानमै र जनताको बीचमा फहराउनु पर्छ भन्ने मदन भण्डारी उक्तिलाई सम्झिदै मुख्यमन्त्री राईले फाउण्डेशनले सरकारको राम्रो कामलाई जनताबीच लैजाने र नराम्रो कामको आलोचना गरी सरकारलाई सहि बाटोमा मार्ग निर्देश गर्ने अपेक्षा रहेको बताए ।
‘ भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा सुरुदेखिकै नीति भएको र त्यसको नेतृत्व मैले गरिरहेको छु । जसले पनि जुनसुकै बेला पनि सूचना दिन सक्नुहुन्छ र मन्त्री कर्मचारी जो सुकै होस् , १ घण्टाभित्र कारवाही गर्छु । र आफनै कक्षबाट अनुगमन गर्न अत्याधुनिक ड्यासबोर्ड तयार भइरहेकोले सुशासन कायम हुने विश्वास लिएको छु । ’ उनले उदघोष गरे ।
मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य तथा नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा भएको सो भेलामा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले सम्बोधनका क्रममा भने ‘जतिबेला पूर्वी युरोप र रुसमा एकदलीय व्यवस्थाको रुपमा रहेको समाजवाद ढल्दै थियो , त्यही बेला नेपालमा रातो झण्डा फहराइरहेको थियो । र त्यो फहराउन उपयुक्त वातावरण कमरेड मदन भण्डारीको जनताको बहुदलीय जनवादले सिर्जना गरेको थियो । ’
सोही भेलामा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य गुरु बरालले आज जसरी वामपन्थी शक्तिहरु एक भई नेकपा भएको छ त्यो मदन भण्डारी २०४६ मै आफू महासचिव भएपछि सोचिसक्नु भएको कुरा त्यसबेला उहा“को नेतृत्वमा बनेको पार्टी विधानलाई ‘ नेकपाको विधान’ भनेर अंकित गर्नुले पुष्टि गर्छ भनेर उल्लेख गरे । उनले भने ‘ संविधान र जवजको तुलनात्मक अध्ययन गरौं , आखिर फरक के छ, सबै कुरा कमरेड मदन भण्डारीको विचारले संविधानमा ठाउ“ पाएको छ ।
सो भेलालाई अग्रज वामपन्थी नेता ओम कोइराला, प्रदेश नं. १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, माननीय विमल कार्की , नेकपा केन्द्रीय सदस्य तैयव हुसेन, नेकपा झापाका सचिवालय सदस्य प्रेम गिरी लगायतले सम्बोधन गरेका थिए ।
सो भेलाले पुराना वामपन्थी नेता गोपाल गुरागाईंको संयोजकत्वमा २८ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सचिवमा देवेन्द्र दाहाल रहने गरी मनोज राई र दीपक बूढाथोकी धनकुटा, सृजना राई र राजकुमार दंगाल भोजपुर, हेमराज अधिकारी तेह्थुम, देवविक्रम राई खोटागं, मेनका काफले र विष्णु प्रसाई झापा, वीरनरसिंह चेम्जोगं पा“चथर, मणिशंकर पोमु ताप्लेजुंग, गणेश बराल इलाम , नानीबाबु बूढाथोकी र उत्तम राई ओखलढुंगा, हर्कबहादुर राई सोलुखुम्बु रहेका छन् ।
त्यसैगरी सुनसरीबाट खेमराज पोख्रेल, लिलम बस्नेत र मुरारी सुवदी, संखुवासभाबाट मुरारी खतिवडा, जितबहादुर घिमिरे र विदुर लिंगथेप, मोरंगबाट डिपी राई, रामलाल साह र खडगबहादुर बस्नेत र उदयपुरबाट कालु लामा , गोपाल खत्री र रमण भट्टराई सो कमिटीमा रहेका छन् ।