इनरुवा /  कोशी कटान डुवान पीडितहरुले आमरण अनशनलगायतका आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने तयारी गरेका छन ।
आफनो बिभिन्न मांग राख्दै ११ दिनदेखि निरन्तर अनशनमा रहेको पीडितहरुको मांग सुनवाइ प्रति सरकारले उदासीनता देखाएपछि आमरण अनशन, चक्का जाम लगायतका आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने तयारी गरेका छन ।
कोशी नदि कटान डुवान पीडित संघर्ष समिति सुनसरी, उदयपुर र सप्तरीले आफनो ३ सुत्रीय मांग राख्दै कोशी व्यारेजमा रिले अनशन जारी रखेको संर्घष समितिका अध्यक्ष महिदेव चौधरीले बताए ।
कोशी व्यारज निर्माण भएको बेला इ.सं. १९५४ सालमा भारत र नेपाल सरकारका प्रतिनीधिहरु बीच भएको सम्झौता अनुसारको क्षतिपुर्तिको रकम पाउनुपर्ने मांग गर्दै आफुहरुले रिले अनशन सुरु गरेको संघर्ष समितिका अध्यक्ष चौधरीले बताए ।
ब्यारेज बनेपछि घरखेत र बाली गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म १५ हजारभन्दा बढी परिवारको ५३ हजार बिगहा भन्दा बढी जग्गा क्षति भएको पीडितहरुको भनाइ छ । पीडितहरुको मांगमा पूर्व राज्यमन्त्री तथा संघीय सांसद सिताराम मेहताले एकेवद्धता जनाएका छन । कोशी व्यारेजको पूर्वी भागमा बसेका पीडितहरुको अनशन कार्यक्रममा सहभागी हुदै पीडितहरुको मांग जायज भएको बताए । मंगलबार प्रदेश २ का कृषी सहकारी तथा भूमी व्यवस्था मन्त्री शैलेशप्रसाद साहसमेत उपस्थित भएका थिए ।