चितवन । भीड देखेर आफै छक्क परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लोभिएका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताए पनि राजनीतिको विकल्प पनि खुला रहेको बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकार सम्मेलनका लामिछानेलाई पत्रकारहरुले राजनीतिमा आउने विषयमा सोधेको प्रश्नमा राजनीतिमा जाने सम्भावनाको ढोकामा चुकुल मात्र भए तर ताल्चा नलागेको प्रतिक्रिउा दिएका छन् ।
उनले वर्तमान अवस्थामा सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउने बताएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा सोमबार साँझ रिहा भएका थिए । हिरासतको बसाइ नयाँ अनुभव पनि शेयर गरेका छन् । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा प्रहरीले कसरी निर्दोषलाई फसाउछन् भन्ने कुरा बुझ्न पाएको उनल ेबताए ।
हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएका थिए । त्यस विषयमा पनि पत्रकारहरुले प्रश्न सोधिएको थियो । उनले प्रहरीले नसके आफुले गरेको वाचा पुरा गर्ने पनि बताएका थिए ।