इडन एकेडेमी प्रदेश १को नाम चलेको शैक्षिक परामर्श संस्था हो । विदेश अध्ययनका लागि जान चाहदा परामर्शका लागि काठमाडौं जानु पथ्र्यो तर ११ बर्ष अघि धरानबाट इडनले सेवा दिन थाले पछि पूर्वका विद्यार्थीहरु काठमाडौ जानु पर्ने बाध्यता हटेको छ । विद्यार्थीहरुलाइ मध्यनजर गरेर विदेशका सम्बन्धित कलेजका प्रतिनीधि यही बोलाएर इडेनले भदौं ८ र ९ गते धरान र इटहरीमा शैक्षिक मेला आयोजना गदैं छ । मेलाको तयारी र यसको उपयोगिताको बारेमा इडनका संचालक मोहन तिगेलासँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

  • इडन एकेडेमीले के गरिरहेको छ ?

गत बर्षदेखि इडन एकेडेमीले बार्षीक रुपमा गर्दै आइरहेको शैक्षिक मेला गदैं आएको छ । या ेबर्ष भदौं ८ र ९ गते हुदैं छ । प्रदेश १ मा यस्ता मेलाहरुको आयोजना कमै हुन्छन। प्राय जसो येस्ता मेलाको आयोजना काठमाडौं केन्द्रीत हुने गरेका छन् । काठमाडौं केन्द्रीत ठूला शैक्षिक मेला प्रदेश १ का ठूला शहरहरुमा हामीले गदैं आएका छौं । मेलाको सम्पूर्ण तयराी पुरा भएको छ । धरानको गोर्खा डिपाटमेन्ट स्टोरमा ८ गते र इटहरीमा ९ गते शैक्षिक मेला हुदैं छ ।त्यसको सम्पूर्ण तयारी पुरा गरेका छौं ।

  • भदौं ८ र ९ गतेको कार्यक्रम खास कस्तो कार्यक्रम हो ?

भदौ ८ र ९ गतेको कार्यक्रम विशेष गरेर बैदेशिक अध्ययनमा जान चाहाने बिद्यार्थी तथा अभिभाभकलाई लक्षित गरेर बिदेश पढन जादा लाग्ने एक्ज्याक्ट खर्च, बिदेशी शिक्षाकाे महत्व, सम्बन्धित देशको नियम कानुन, बिद्यार्थी अपनाउनु पर्ने सावधानीहरु, सुइटेबल कोर्ष, पढिसके पछी पाइने अबसरको बारेमा जानकारी गराइनेछ। साथै पढन जादा लाग्ने लागतको बारेमा नबिल बैङ्कले सहजिकरण गर्ने छ। यी याबत बिषयमा पाइने कोम्प्लिट प्याकेज इन्फर्मेसन नै एजुकेसन फेयरको उद्देश्य हो।

  • यहाँ कहाँबाट कस्ता व्यक्तिहरु आउछन् ?

यहाँ अस्ट्रेलिया, न्युजिलेन्ड, क्यानडा, अमेरिका, माल्टा, इन्डिआका करिब १३ वटा कलेज युनिवर्सिटिको प्रतिनिधिहरुको उपस्थिती रहनेछ।

  • नेपाली विद्यार्थीहरुलाई यो कार्यक्रमबाट के फाइदा पुग्न सक्छ ?

विशेष गरेर प्रदेश १ का विद्यार्थी जो बिदेश पढ्न जान चाहान्छन । उनीरुलाइ प्रत्यक्ष फाइदा पुग्ने छ। यो कार्यक्रमबाट उनीहरुमा रहेको कन्फ्युजन हट्ने अपेक्षा लिएका छौ। ब्याचलर तथा मास्टर सकेका विद्यार्थीहरुका लागि यो मेया लछित छ।

  • हालसम्म कति विद्याथीहरुलाई तपाईहरुले सेवा दिनु भएको छ ?

हालसम्ममा हामिले ११ बर्षको अवधीमा करिब ११ हजा रभन्दा बढि विद्यार्थीहरु उनीहरुले चाहेको कोर्ष तथा चाहेको देशमा सफलता पूर्बक अबतरण गरेका छौ।

eden