Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

alt
  • साउन २९, २०७६
  • रासस
 
काठमाडाै‌ / प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्योलमा परेको छ । तीनवर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सिटीइभिटीले यही साउन २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरुको भविश्य अन्योलमा परेको हो ।
 
कलेजले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज सञ्चालन समितिका अध्यक्ष नीलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सिटीइभिटीले विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिँदा उनीहरुको भविश्य अन्योलमा परेको बताए । परिषद्ले गत वर्ष लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिइ कलेजले पठनपाठन शुरु गरी गत चैत १४ गते सिटीइभिटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रसनसमेत नगरेको उनको भनाइ छ ।
 
सिटीइभिटीले सूचना प्रकाशित गरेपछि संस्था नवीकरणका लागि गत असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भइसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लागि उच्च अदालत पाटन गएको ताम्राकारले बताए । उनले भने, “उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागी गराउन आदेश दिए पनि सिटीइभिटीले अदालतको आदेशको अवज्ञा गरी कानूनकोसमेत मान मर्दन गरेको छ ।” अदालतले पुनः यही साउन २० गते २ गतेको आदेशलाई तीन दिनभित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सिटीइभिटीले अटेर गरी साउन २६ गतेदेखि शुरु भएको परीक्षामा सहभागी नगराइ विद्यार्थीको भविश्यमाथि खेलबाड गरेको उनको भनाइ छ । नर्सिङ परिषद्ले उक्त कलेजको अनुगमन गरी सबै पूर्वाधार ठीक छ भनेर प्रमाणित गर्दा पनि सिटीइभिटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जाँदा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गत वर्ष आदेश जारी गरेपछि कलेजले कानूनसम्मतरुपमा विद्यार्थी भर्ना गराई नियमित पठनपाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताए । उनले कानूनको सम्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागी गराई उनीहरुको भविश्य जोगाउन माग गरे । विद्यार्थीले पनि परीक्षामा सहभागी नगराए सिटइभिटीविरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

विजयपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह ...

प्रि–मनसुनः चैते धानलाई अनुकूल

विजयपुर । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले चैत ...

बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’

विजयपुर । खोटाङका बाँदरबाट पीडित बनेका किसानहरू सडक आन्दोलनमा उत्रिएका छन् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान
प्रि–मनसुनः चैते धानलाई अनुकूल
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’
कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने
आवेदन दिएकै श्रम स्वीकृति दिइने
चिकित्सकले फेल गरेकालाई ‘पास’
एसईईमा पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने
जुवाको खालबाट वडा सदस्य पक्राउ
विधिको शासन कि राजनीतिक दाउपेच ?
आजको राशिफलः २०८२ साल चैत १६ गते सोमबार
ब्रिज कोर्स सञ्चालनमा रोक
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved