Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

alt
  • साउन २९, २०७६
  • रासस
 
काठमाडाै‌ / प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्योलमा परेको छ । तीनवर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सिटीइभिटीले यही साउन २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरुको भविश्य अन्योलमा परेको हो ।
 
कलेजले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज सञ्चालन समितिका अध्यक्ष नीलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सिटीइभिटीले विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिँदा उनीहरुको भविश्य अन्योलमा परेको बताए । परिषद्ले गत वर्ष लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिइ कलेजले पठनपाठन शुरु गरी गत चैत १४ गते सिटीइभिटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रसनसमेत नगरेको उनको भनाइ छ ।
 
सिटीइभिटीले सूचना प्रकाशित गरेपछि संस्था नवीकरणका लागि गत असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भइसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लागि उच्च अदालत पाटन गएको ताम्राकारले बताए । उनले भने, “उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागी गराउन आदेश दिए पनि सिटीइभिटीले अदालतको आदेशको अवज्ञा गरी कानूनकोसमेत मान मर्दन गरेको छ ।” अदालतले पुनः यही साउन २० गते २ गतेको आदेशलाई तीन दिनभित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सिटीइभिटीले अटेर गरी साउन २६ गतेदेखि शुरु भएको परीक्षामा सहभागी नगराइ विद्यार्थीको भविश्यमाथि खेलबाड गरेको उनको भनाइ छ । नर्सिङ परिषद्ले उक्त कलेजको अनुगमन गरी सबै पूर्वाधार ठीक छ भनेर प्रमाणित गर्दा पनि सिटीइभिटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जाँदा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गत वर्ष आदेश जारी गरेपछि कलेजले कानूनसम्मतरुपमा विद्यार्थी भर्ना गराई नियमित पठनपाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताए । उनले कानूनको सम्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागी गराई उनीहरुको भविश्य जोगाउन माग गरे । विद्यार्थीले पनि परीक्षामा सहभागी नगराए सिटइभिटीविरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा माघ ४ गते एक नाबालिकासहित पाँचजना ...

झापा ५ को चुनाव चर्चाको शिखरमा

भद्रपुर । नेपाली राजनीतिमा एकछत्र राज गर्दै आएका नेकपा (एमाले) का अध्यक्ष क ...

आज सरस्वती पूजा

धरान । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
आजको राशिफलः २०८२ साल माघ ८ गते बिहीबार
चुनावी सरकारका मन्त्री नै चुनावमा
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
कोशी प्रदेशमा ५०४ को उम्मेदवारी
फागुन–२१ः लोकतन्त्रको उत्सव बनोस्
आजको राशिफलः २०८२ साल माघ ७ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved