अभिनेता भूवन केसी र अनमोल केसीको नयाँ फिल्म ‘एन्टी हिरो’ निर्माण हुने भएको छ ।

भूवनले नै निर्माण गर्ने एक्सन–लभस्टोरी जनराको फिल्ममा भुवन भने खलनायकका रूपमा प्रस्तुत हुने बताइएको छ ।

फिल्म ‘एन्टी हिरो’ मा निर्देशक र अन्य कलाकार को–को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भूवन केसीले बताएका छन् । फिल्मको नाम सोमबार विकास बोर्डमा दर्ता गरिएको हो । फिल्मको छायाङ्कन तिहारपछि शुरु हुनेछ ।