इटहरी/ युवा विकास केन्द्रले युवा दिवसको अवसर पारेर युवा महोत्सवको आयोजना गरिरहेको छ ।
युवा विकास केन्द्रले सप्ताहव्यापी रूपमा युवा दिवस मनाएको हो । २६ र २७ गते इटहरीको युवा विकास केन्द्रमा युवामहोत्वस लगाइएको कार्यक्रम संयोजक सञ्जय चौधरीले बताए ।
सप्ताहव्यापी कार्यक्रम साउन २० गते देखि नै झापा, मोरङ र सुनसरीमा विभिन्न कार्यक्रम गर्दै मनाइरहेको युवा विकास केन्द्रका कार्यकारी निर्देशक निराजन खड्काले बताएका छन् ।
खड्काले सप्ताह व्यापी कार्यक्रममा १० हजार बढी युवाहरूले प्रत्यक्ष लाभ लिने बताएका छन् । उनले यस्तो कार्यक्रमले युवाहरूलाई अघि बढ्न हौसला समेत मिल्ने बताए । युवा विकास केन्द्रले वर्षेनी युवा लक्षित कार्यक्रम गर्दै आएको संयोजक चौधरीले बताए ।
































