भद्रपुर/ नेकपा विप्लब समूहका एक कार्यकर्ता २५ दिनपछि रिहा भएका छन् ।

पार्टी त्यागेर स्वतन्त्र जीवन बिताउने विज्ञप्ती जारी गरेपछि कार्यकर्ता रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–१० का ४१ वर्षीय अधिकारीलाई प्रहरीले झापाबाट काठमाडौं जान लाग्दा विर्तामोडमा पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

अधिकारीले आगामी दिनमा समेत सो पार्टीमा नलाग्ने लिखित प्रतिबद्धता विज्ञप्तिमार्फत सार्वजनिक गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको उनले बताए ।

नेकपा बिप्लव समूह प्रतिबन्धित भएपछि झापामा पक्राउ परेकामध्ये ५ जना कार्यकर्तालाई स्थानीय प्रशासनले स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता पश्चात रिहा गरिसकेको छ भने प्रतिबन्ध घोषणापछि जिल्लामा १६ जना कार्यकर्ता पक्राउ परिसकेको प्रहरीको भनाई छ ।