ब्लाष्टखबर । ‘मदन पुरस्कार–२०७५’का लागि २५७ कृति मध्येबाट ७ वटा कृति छनाैट भएकाे छ ।

२०७५ काे पुस्कारका लागि श्रेष्ठ सूची तयार गर्न गठित समितिले  विभिन्न  २५७  कृतिहरूमध्येबाट सात वटाकाे सर्टलिस्ट तयार पारेकाे छ । जसमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,  कुमार नगरकोटीको ‘ज्ञ’,  छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेकाे  मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले संचारमाध्यमलाइ जानकारी दिएका छन् ।

यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ, मदन पुरस्कारकाे राशि २ लाख रूपैयाँ रहेकाे छ । गत बर्ष  निलम  निहारीका कार्कीकाे 'याेगमाया कृतिले' पाएकाे थियाे ।