देउराली । प्रदेश नम्बर १ को शुक्रबार बसेकोे मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्री शेरधन राई अमेरिकाको एक कार्यक्रममा भाग लिन जाने स्वीकृती दिएको छ ।
स्वीकृती पाए संगै मुख्यमन्त्री राई यहि असार १६ गते बाल्टिमोरमा जुलाई ५, ६, र ७ तारिक सम्म हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेसनल कर्पोरेशनमा प्रमुख अतिथिको रुपमा भाग लिन जाने भएका छन् ।
मुख्यमन्त्री राई उक्त कार्यक्रमा भाग लिएर असार २५ गते अमेरिकाबाट नेपाल फर्किने मन्त्रीपरषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

त्यस्तैः शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश सार्वजनिक, निजि, साझेदारी तथा लगानी प्रधिकरण विध्येक २०७६, प्रदेश लोकसभा आयोगको विध्येक २०७६, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा अघि सारिएको प्रदेश जाँचबुझ तथा अनुसनधान आयोग विधेयक २०७६ र प्रदेश स्वायत्त संघसंस्था गठन विधेयक २०७६ गरी चारवटा विधेयकलाई प्रदेश सभामा प्रस्तुत गर्न स्विकृती दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए ।

बैठकले समटिस समिट गर्ने सम्बन्धमा यसका औपचारीक कार्यहरु अघि बढाउनकालागि निर्णय गर्नुका साथै मुख्यमन्त्रीको नेत्रृत्वमा समिटको तयारी टोली गठन गर्ने निर्णय गरेको बैठकको जानकारी गराउदै प्रवक्ता एवं मन्त्री कार्कीले जनाएका छन् । कार्कीले कटहरी फलफुल तथा तरकारी थोक बजार सञ्चालन नियमावली २०७६ लाई पनि बैठकले स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

करिव एक महिना अगाडि पाचँथरमा भएको ९ जनाको हत्याकाण्डमा भागेर ज्यान बचाउन सफल भएकी सीता खजुमको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय अनुसार प्राप्त भएको ६९ हजार ३ सय १४ रुपैयाका विल रकम सबै प्रदेश सरकारले तिर्ने निर्णय गर्नुका साथै हरेक विद्यालयमा सगरमाथा टिन्स क्लब(एसटिसि) सञ्चालन गर्नेकालागि आवश्यक पर्ने कार्यविधि २०७६ लाई पनि मन्त्रीपरिषदले स्वीकृति गरेको प्रवक्ता एवं मन्त्री कार्कीले जानकारी दिएका छन् ।