धरान / वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाल हाम्रो वडा( वडा नंं १८ मा रहेकोले हामी वडावासी यहा हुने क्रियालापले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित भइरहेका हुन्छौ ।
स्वास्थ सेवा प्रदान गर्ने र देश विदेशका विद्यार्थीहरुका लागि शिक्षा आर्जन गर्ने थलोमा राजनीतिको चरम सिमा नागेको भन्दैं प्रतिष्ठान रहेको धरानको वडा नं. १८ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य, शिक्षाको उत्तम थलो प्रतिष्ठान यहाँका केही चिकित्सक तथा पदाधिकारीहरुको जुँगाको लडाईले धारासायी बन्न पुगेको भन्दैं सुधारका लागि विहीबार वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले विज्ञप्ति जारी गरि प्रतिष्ठान पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । आज विहान एमडी÷एमएच कोटामा विदेशी विद्यार्थीहरुलाई बढि सिट दिएको भन्दैं जुनियर रेसिडेन्टल चिकित्सकहरुले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका थिए । सो तालाबन्दी गैरजिम्मेवारपूर्ण काम भएको भन्दैं वडा अध्यक्ष राईले ताला खोली प्रतिष्ठानको सम्पूर्ण काम निर्वाध रुपमा संचालन गरि सर्वसाधारणलाई सेवा प्रदान गर्न आग्रह गरेका छन् ।
उनले तालावन्दी गर्नेहरुलाई प्रतिष्ठान प्रशासनले कडा कारवाही गर्न पनि माग गरेको छन् । कारवाही नगरे वडावासीकाे तर्फबाट कानुनी बाटो अपनाएर अराजकगतिविधी गर्नेलाई कारवाहीको भागिदार बनाउने विज्ञप्तिमा भनिएको छ ।