धनकुटा / प्रदेश नं.१ मुख्यमन्त्री शेरधन राईले पूर्व निर्वाचित जनप्रतिनिधिहरुवाट रायसुझाव संकलन तथा सम्मान कार्यक्रम प्रदेश कै पहिलो र नमुना कार्यक्रम भएको वताएका छन् ।
चौविसे गाउँपालिका भित्रका पूर्व निर्वाचित जनप्रतिनिधिहरुलाई रायसुझाव संकलन तथा सम्मान कार्यक्रमलाई धनकुटाको चौविसेको राजारानीमा शुक्रवार सम्वोधन गर्दै मुख्यमन्त्री राईले यस्तो वताएका हुन् ।
मुख्यमन्त्री राईले चौविसे गाउँपालिकाले पञ्चायतकाल देखिका जननिर्वाचित पूर्व जनप्रतिनिधि अग्रजहरुलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रम आयोजन गर्नु प्रदेशकै नमुना कार्यक्रम भएको वताए । गाउँपालिकाको विकासको लागी पूर्व जनप्रतिनिधिहरुको अनुभव, भोगाई र सिकाईलाई संगालो गरेर अहिले नेतृत्व अघि वढ्नु भनेको आफैमा अनुकरणिय कार्य भएको राईले वताए । उनले यो कार्यक्रम इतिहाँसमा कोसेढुङ्गा सावित हुने पनि दावी गरेका छन् ।
सो अवसरमा राईले मुलुकले द्वन्द्वलाई विदा गरिसकेकोले अवको युग भनेको राष्ट्र निर्माणको युग भएको वताए । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई वोकेर हामी हिडेका छौं, राष्ट्रिय लक्ष्य हाशिल गर्न हामी सवै जना एकता भएर अघि वढ्नु आजको आवश्यक्ता रहेको राईले औल्याए । उनले विविधता भएको मुलुकमा छिटफुट वादविवाद हुनु स्वभाविक भएको वताउँदै राईले भने– “सम्पुर्ण अधिकार जनताको हातमा छ भनेर घोषणा गरीऔं, त्यसैले नयाँ वाटो, नयाँ प्रणालीबाट अघि वढ्दा मात्र हिमाल, पहाड र तराईलाई जोड् सकिन्छ ।” त्यसै नेपाली जनताले संघिय शासन प्रणाली रोजेको होईन, विविधतालाई संघियताले मात्र एउटै मालामा उन्न सकेको छ, राईको कथन थियो ।
सो अवसरमा मुख्य मन्त्री राईले पूर्व मन्त्री रकम चेम्जोङ्ग, संविधानसभा सदस्य टिकाराम चेम्जोङ्ग, हेमराज भण्डारी, पूर्व जिविस सदस्यहरु टेकरत्न चेम्जोङ्ग, दिलिपकुमार चेम्जोङ्ग, किशोरकुमार चेम्जोङ्ग, लालवहादुर खड्का, सुधामा वराललाई दोसल्ला, सम्मानपत्र र खदा ओडाएर सम्मान गरेका छन् । त्यसैगरी पूर्व गाविस अध्यक्षहरु दिलिप सुव्वा, लक्ष्मी खड्का, मानवहादुर लिम्वु, उपेन्द्र लावती, अगमवहादुर थापा, पदमकुमार देवान, श्याम देवान र चन्द्र कुमार श्रेष्ठलाई पनि सम्मान गरेका छन् । त्यसैगरी पूर्व प्रधापञ्चहरुमा योगे्रन्द्र दाहाल, अग्नीप्रसाद वराल, पुर्णप्रसाद लिम्वु, देवेन्द्रप्रसाद देवान, सुरेन्द्र चेम्जोङ्ग, चन्द्र वहादरु गौतम, देवेन्द्र श्रेष्ठ, धर्म फागोलाई सम्मान गरिएको थियो । त्यसैगरी पूर्व उपप्रधानपञ्च र पूर्व गाविस उपाध्यक्षहरु गरी जम्मा ४० जना पुर्व निर्वाचित जनप्रतिनिधिहरुलाई सो अवसरमा मुख्यमन्त्रीले दोसल्ला, खदा र सम्मान पत्रले सम्मान गरेका थिए ।
चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।