रङ्गेली / प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभाले बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेसले संसोधन प्रस्ताव फिर्ता नलिए पछि बहुमतको आधारमा पारित गरिएको थियो ।
नेपाली काङ्गे्रसका सांसद शेखरचन्द्र थापा, हिमाल कार्की, लोकप्रसाद संग्रौला, शिवनारायण गनगाईलागयत ७ जना सांसदले संसोधनको प्रस्ताव हालेका थिए । उनीहरुले १ सय ५४ बुँदामा रहेको निति तथा कार्यक्रमका ११ वटा बुँदामा संसोधान गर्न माग गरेका थिए ।
संसोधनकर्ताको जवाफमा मुख्यमन्त्री शेरधन राइले संसोधनको लागी उठाएका सबै विषयलाई नीति तथा कार्यक्रममा कुनै न कुनै रुपमा सम्बोधन भएको बताएका थिए । नीति तथा कार्यक्रममा समेटिएकोले संसोधन फिर्ता लिन सभामुख प्रदिपकुमार भण्डारीले आग्रह गरे पनि फिर्ता नलिए पछि बहुमतको आधारमा कार्यक्रम पास गरिएको हो ।