धरान / धरानलाई स्मार्ट सिटी बनाउने अवधारणासहित समग्र विकासको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिले प्रदेश सरकारसँग बजेट मागेको छ । धरानको विकास निर्माणका लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई सो योजना पेश गरिएको हो ।
केही दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरि सकेको छ । केही दिन मै सरकारले बजेट सार्वजनिक गर्न लागेको बेला नेकपा धरानले प्रदेश सरकार समक्ष माग पत्र पेस गरेको हो ।
धरान–१७ को पटनाली खोला नियन्त्रणका लागि १ करोड, धरानस्थित बहुजातीय सङ्ग्राहालयका लागि १० करोड, सप्तरङ्गी पार्कको गुरूयोजनाका लागि १० करोड, धरानलाई स्मार्ट सिटीको योजनाका लागि ५ करोड माग गरिएको नेकपाका नगर नेता नारायण सुवेदीले जानकारी दिए ।
धरानलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने तथा पिण्डेश्वर संस्कृत विद्यापीठलाई बहुभाषिक कलेज बनाउन, हात्तिसार क्याम्पसलाई प्राविधिक विश्वविद्यालय बनाउन, प्रदेश सरकार स्थानीय सरकार र निजी क्षेत्रको साझेदारीमा धरान–भेडेटार आसपासको क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको होटल तथा रिसोर्ट सञ्चालन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने, केवलकार सञ्चालनको लागि अध्ययन हुनुपर्नेलगायतका माग पनि राखिएको छ ।
उनीहरुले बुझाएको त्रापन पत्रमा निम्न विषयहरु उठाइएको छ ।
- धरानको सुकुम्बासी व्यवस्थापन
- शहिद, बेपत्ता, घाइतेको उपचारका लागि बीपी प्रतष्ठानमा रहेको पुनस्थापना केन्द्र सञ्चालनको लागि सहयोग
- सञ्चार क्षेत्रको विकासका लागि अनुदान,
- वन्यजन्तु उद्दार केन्द्र तथा चिडियाघर सञ्चालन
- औद्योगिक क्षेत्र,
- कृषि बजारमा कोल्ड स्टोर स्थापना
- धरान–इटहरी रेल सञ्चालन
- धरान–लेउती बहुउद्देश्यीय सुरूङमार्ग अध्ययन
- हक्की खेल तथा रग्बी मैदान निर्माण
- मनमोहन स्मृतिक पार्क
- सहिद स्मृति पार्कका
- पखेरा तथा अँधेरी खोला नियन्त्रण
- देउराली खानेपानी ट्याङ्की निर्माण