Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • नेकपाकाे बिहीबार जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै

नेकपाकाे बिहीबार जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै

alt
  • जेठ २२, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातिर बढेकाले अब टुङ्गिन मात्र बाँकी रहेको बताए  । “बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो”, उनले भने , “इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ । भोलि (बिहीबार) बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।”
उनले आजै नै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाउने गरी बैठक बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताले नसकिएको जानकारी गराए । “पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउने प्रक्रियामा प्रवेश गर्दा गर्दै पनि समयले साथ दिएन”, उनले भने । उनले भोलि बस्ने बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएपछि समय बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने जानकारी गराए । नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी रहेको छ ।
सम्बन्धित समाचार
‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

काठमाडौँ। मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वा ...

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ।नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ।  ...

‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा
‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’
परराष्ट्रमन्त्री डा.राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
१० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सम्पन्न
उमागौरी सहकारी ठगी प्रकरणः मुद्दाको पेशी तेस्रो पटक पनि स्थगित
धरानमा विषादीयुक्त तरकारी आउन नदिन सरोकारवालासँग छलफल
‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई परिचालन’
इटहरी सरकारमा निष्क्रियता र जवाफदेहिताको सङ्कट
आजको राशिफलः २०८२ साल जेठ ९ गते शुक्रबार
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved