Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • प्रदेश नं. २ः नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

प्रदेश नं. २ः नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

alt
  • जेठ २२, २०७६
  • रासस
 
जनकपुर / प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उनहरुले दिए । राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए ।
नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उनले बताइन । कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाए ।
धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उनले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिए । गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उनले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । राजपाकै अर्का प्रदेशसभा सदस्य नेत्रविक्रम साहले नीति तथा कार्यक्रममा प्रदेश मन्त्रीले आफू निर्वाचित क्षेत्रमुखी योजना ल्याएको आरोप लगाउँदै मठमन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएर प्रदेश समृद्ध नहुने जिकिर गरे ।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

धरान । सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई नेपाल सरकारले बन्द गर्ने निर्णय ...

तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित लक्ष्मी मा.वि.को भवन निर्माणमा ...

सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश

धरान । अमेरिकाबाट सञ्चालित हुँदै आएका सामाजिक सञ्जालहरूलाई दर्ताका लागि आह् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश
धरानको बजेट अझै पारित भएन
यामाहा कम्पनीका दुई बाइक सार्वजनिक
धरानबाट लागूऔषधसहित दुई पक्राउ
मालपोत कार्यालयका खरिदार २ लाख घूससहित पक्राउ
अमेरिका सपनाको अँध्यारो पाटो
आजको राशिफलः २०८२ साल भदौ १९ गते बिहीबार
बृहत्तर वराहक्षेत्रको कार्यकारी निर्देशकको नियुक्तिमा ढिलाइ
प्रतिष्ठानका उपकुलपति प्रा.डा. श्रेष्ठलाई नागरिक समाजको सुझाव
अमेरिकामा नेपाली विद्यार्थीले गुमाउँदै मानसिक सन्तुलन
१३ दिनभित्र झुम्का कारागारमा ३ कैदीको मृत्यु
सिरहाको लहानमा आमाछोरा मृत फेला
गुणस्तरीय पिउने पानीका लागि निगरानी जरुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved