विराटनगर / प्रदेश १ सरकारले बुधबार दिउँसो तीन बजे नीति तथा कार्यक्रम सार्वजानिक गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्न निर्णाय गरेको हो ।
मन्त्रीपरिषद बैठकले प्रदेशमा भएकोे विपद, क्षतीको खोज उद्धार तथा राहत वितरण मापदण्ड निर्देशिका २०७६ स्वीकृत प्रदान गरेको छ । यस्तै प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहेतको निकायबाट कार्यक्रम संचालन गर्न तर्जुमा गरिएको कार्यक्रमहरू पनि स्वीकृत प्रदान गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री एंव सरकारको प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । मन्त्रीपरिषद बैठकले स्वीकृत गरिएको कार्यक्रम १५ वटा रहेको छ ।
यस्तै प्रदेश सरकारले चालु आर्थिक वर्षमा गर्ने मुख्यमन्त्री फुटबल कप संचालन कार्यविधी २०७६ स्वीकृत प्रदान गर्ने निर्णाय गरेको छ । मन्त्रीपरिषद बैठकले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम सहित पाँच वटा महत्वपूर्ण निर्णाय गरेको मन्त्री कार्कीले बताए ।