मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरीबारीकी ३४ वर्षीया फूलमाया लावतीको दुवै मृगौला फेल भएपछि परिवारले सहयोगको याचना गरेको छ ।

लावतीको परिवारले फूलमायाको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको हो । न्यून आर्थिक अवस्था भएका लावती परिवारले फूलमायाको उपचार गर्न नसकेको हो । आमा गङ्गा लावतीले दुई वटै मृगौला फेल भएको बताइन् । खुट्टा सुनिएपछि उपचारका लागि दमकस्थित लाइफलाइन हस्पिटलमा जाँच गर्ने क्रममा मिर्गाैला फेला परेको पत्ता लागेको उनले बताइन् ।

पीडित फूलमायाका अनुसार अहिलेसम्म सात पल्ट डाइलसिस गरिसकेको र मिर्गौला प्रत्यारोपण नगरेसम्म प्रत्येक हप्ता तीन पल्ट डाइलसिस गर्नुपर्ने बताइन् । उनका अनुसार एक पटक डाइलासिस गरेवापत अस्पतालले ७ हजार पाँच सय लिने गरेको बताए । महिनामा लाख रुपैयाँभन्दा बढी खर्च हुने भएपछि अहिले ऋण पनि पाउन मुस्किल परेको बताइन् । अस्पतालले उपचार गर्न २५ लाखसम्म लाग्ने जनाएको पीडित परिवारले जनाएको छ ।