धरान / लामो सयमदेखि आन्दोलनमा उत्रिएका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरुको माग आज साँझ पुरा भए पछि उनीहरुले खुशीयाली मनाएका छन् ।
१८ हजार तलवको माग गरेर आन्दोलन गदैं आएका इन्र्टन डाक्टरहरुको आज उपकुलपति प्राडा राजकुमार रौनियारले सहमति पत्रमा हस्ताक्षर गरे पछि खुशीयाली मनाएका हुन ।
उनीहरुको मागबारे छलफल गर्न डा. ज्ञानेन्द्र मल्ल, डा. पारस पोखरेल, डा. नारायण भट्टराइसहितको टोली बनेको थियो । माग पुरा नगरेकाे भन्दै कार्यालय घेराउ समेत गरेका थिए । डाक्टर टोली र प्रशासनविच भएको सहमतिमा उपकुलपति रौनियारले राती हस्ताक्षर गरे पछि रौनियारको जयजयकार समेत गरेका थिए ।
हस्ताक्षर हुनु भन्दा अगाडी दवाव स्वरुप उनीहरुले उपकुलपति तथा वार्ताटोलीलाई उपकुपति कार्यकक्षबाट बाहिर जान दिएका थिएनन ।
असारसम्म १५ हजार र नयाँ आर्थिक बर्षदेखि १८ हजार तलव दिने सहमति भएको छ । हाल प्रतिष्ठानले उनीहरुलाई ११ हजार ८ सय मात्र उपलब्द गराउदैं आएको थियो । प्रतिष्ठानमा झण्डै ५ सय इन्टर्न डाक्टरहरु रहेका छन् ।
‘भिसी सरले हाम्रो माग पुरा गरि दिनु भयो । सबै हाम्रो विरोधको कार्यक्रम रोकेका छौं । साथीहरुले खुशीयालीमा वाइक ¥याली गरेर भिसी सरलाई धन्यवाद दिएका छन् ।’–डा. मिलनजंङ केशीले भने ।