धरान / लामो समयदेखि तलब वृद्धिको माग गर्दै आइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुले आज साँझ उपकुलपति प्राडा राजकुमार रौनियरासहितलाई कार्यकक्षमै थुनेका छन् ।
काम छाडेर एक हप्तादेखि धर्नामा बस्दा पनि अस्पताल प्रशासनले उनीहरुको मागबारे बेवास्ता गरेको भन्दैं उनीहरुले उपकुलपतिलाई कार्यकक्षमा थुनेका हुन । आफुहरुको माग सम्बोधन नभए सम्म सबै पदाधिकारीहरुको कार्यकक्षमा तालावन्दी गरिएको डा. मिलनजंङ केसीले जानकारी दिए ।
डा. अमृत जैसीका अनुसार आज दिउसो अस्पताल प्रशासनसँग बार्ता भएको थियो । एमओयु अनुसार तलव सुविधा दिने वार्ताटोलीसँग सहमति भए पनि उपकुलपति रौनियारले सहमति पत्रमा हस्ताक्षर गर्न नमाने पछि कार्यकक्षमा थुनेका हुन । बाहिर उनीहरु नारावाजी गरिरहेका छन् ।
भित्र प्रतिष्ठानका वार्ता टोलीका डा. ज्ञानेन्द्र मल्ल, डा. पारस पोखरेल, डा. नारायण भट्टराई तथा विद्यार्थीहरुको टोली पनि भित्रै रहेका छन् । यता उपकुलपति रौनियारले केही दिन अगाडी १५ हजार कायम गरेको विज्ञप्ति जारी गरी जानकारी गराएका थिए । तर उनीहरुले १५ हजारमा काममा नफर्कने बताउदैं आएका छन् । उनीहरुले १८ हजार तलव माग गदैं एक सातादेखि काम छाडेर धर्नामा बसिरहेका छन् । हाल प्रतिष्ठानले उनीहरुलाई ११ हजार ८ सय मात्र उपलब्द गराउदैं आएको छ । प्रतिष्ठानले आफुहरुको श्रमशोषण गरेको उनीहरुको भनाई छ । प्रतिष्ठानमा झण्डै ५ सय इन्टर्न डाक्टरहरु रहेका छन् ।
यसै विच विद्यार्थीहरुको दववा बढे पछि तत्काल १५ हजार दिने र आर्थिक बर्ष शुरु भए पछि एमओयु अनुसार तलव कायम गर्ने सहमति भए पछि विद्यार्थीहरुले सम्पूर्ण आन्दोलन स्थगित गर्दै उपकुलपतिको कार्यकक्षको ढोका खोलि दिएको डा. केशीले बताए । ‘भिसी सरले हाम्रो माग पुरा गरि दिनु भयो । सबै हाम्रो विरोधको कार्यक्रम रोकेका छौं ।’–केशीले भने ।
































