धरान / धरानमा डेँगुका विमारीको संख्या ७५ पुगेकाे छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरि ७५ पुगेको हो ।
धधरान उपमहानगरपालिका र वीपी प्रतिष्ठानले बनाएको संयुक्त ¥यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा प्ुगेर घरको अवस्था निरिक्षण गर्दा डेंगु संक्रमित लामखेट्टेको अण्डा र लार्भा अत्याधिक पाइएको जनाएको छ । धरानमा डेंगु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले ठहर गरेका छन् । उनीहरुको निरिक्षणबाट धरानमा डेंगुको विमारीको संख्या नियन्त्रण बाहिर रहने बताएका छन् ।
रेस्पोन्स टिमले धरानको वडा नं ५, १४, १ र १५ मा केहीको घर घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेंगुको अण्डा, लार्भा र प्युँपा करोडौंको संख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले जानकारी दिए । ‘महाीले प्राविधिक सहयोग दिइरहेका छौं । उपमहानगरका जनप्रतिनीधिहरुले घरघरमा गएर जनचेतना जगाउनु पर्ने हो तर त्यो काम भइरहेको छैन् ।’–डा. खनालले भने – घरघरमा गएर लामखेट्टेका अण्डा, लार्भा नष्ट गर्नुको विकल्प छैन् ।’
उनीहरुले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेंगुको बासस्थान हुने जानकारी गराउदैं अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाउनु भएको थियो । यता विमारीको चाप बढे पछि प्रतिष्ठानमा बेड अभाव भएको छ । हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा विरामी राखेर उपचार भईरहेको र उनीहरुको उपचारका लागि छ्ट्टै वडा बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए ।
डेंगुको महामारी अत्याधिक बढे पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौंलाई थप अनुसनधान तथा नियन्त्रणका लागि आइतबार पत्रचार गर्ने काम भएको अस्पताल निर्देशक साहले जानकारी दिए ।