धरान/ पछिल्लो समय पूर्वको झापा र मोरङलगायतका ठाउँमा तीव्र रुपमा फैलिएको डेंगुको संक्रमण धरान समेत फेला परेको बताइएको छ । सुनसरीको धरानमा डेंगु रोगको संक्रमण फैलन सक्ने खतरा बढेको छ ।
उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगुको रोग भेटिएको हो ।
५ दिनको अवधिमा धरानमा १५ जनामा डेंगुको संक्रमण भेटिएको भएको पाइएको छ । सो कारणले धरान समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ ।
कार्तिक १० गतेदेखि १५ गतेसम्मको रेकर्ड अनुसार विजयपुर अस्पताल, सप्तकोशी डाइनोटिक्स तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुढासुब्बा डाइनोटिक्समा गरेको चेकजाचका आधारमा १५ जनामा उक्त रोगको सक्रमण फेला परेको हो ।
धरानकी देवी चौलागाई, धरान–१ की प्रिंयंका कटुवाल, भगवती थपलिया, आदित्य थपलिया, कृष्टिना थपलिया, धरान–१६ की मनु राई, अञ्जु राई, सुलभ भट्राई, धरान–१५ का हंसजीत राई, सुवास गजमेर, निरमाया सार्की, राधिका गुरागाई, चन्द्र बस्नेत, रिकेश गजमेर र आशिष रोयलमा डेंगो रोग फेला परेको रेकर्डले जनाएको छ ।
न्यूजलयबाट