धरान / धरानमा एक जना डेंगु रोगको विमारी फेला परेको छ । भोजपुर घर भई धरान १० धर्मपथमा डेरा गरी बस्ने एक २० बर्षीय युवामा डेंगु रोग भेटिएको विजयपुर हस्पिटल धरानले जनाएको छ । कार्तिक १४ गते ज्वरो आएर उपचारको लागि उनी अस्पताल भर्ना भएका थिए । गत १५ गते रगत परिक्षण पछि डेंगु भएको पत्ता लागेको अस्पताल निर्देशक प्रभाव खतिवडाले बताएका छन् । खतिवडाले ती युवालाई डेंगु भएको पुष्टी गरेका छन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग डेंगु ज्वरोको समयमा उपचार नपाए मृत्यु हुने चिकित्सकले जनाएका छन् ।  राेगी पफेला परेकाे बारे धरानउपमहानगरपािलकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले तत्काल अस्पताल  निर्देशकलाइ फाेन गरि जानकारी लिएकी थिइन । रोगी देखिएको विषयमा नगरपालिकामा खवर पुगे पछि उपमहानगरको स्वास्थ्य शाखाले तत्काल औषधीसहित ग्याँस स्प्रे गर्ने, तिहारपछि लार्भा नष्ट गर्ने कार्य गर्ने निर्णय गरेको छ । कसरी रोग आयो भन्ने विषयमा स्वास्थ्यकर्मी परिचालन गरि अध्ययनसमेत गर्ने भएको छ । गत शुक्रवार दमक नगरापालिका स्वास्थ्य शाखाले गरेको अनन्तरक्रियामा झापासहित देशका १३ वटा जिल्लामा औलोको प्रकोप उच्च देखिएको जनाइएको थियो । झापामा गत जनवरी देखि अक्टोवरसम्ममा ७ जना औलोको बिरामी देखिएका कारण पनि जिल्ला उच्च जोखिममा रहेकाे जानकारी दिएकाे हाे । यो सँगै प्रदेश १ का अन्य जिल्लामा पनि औलोका बिरामीहरु भेटिएको छ । इलाम र सुनसरीमा २/२ जनामा औलोको संक्रमण देखिएको र मोरङमा ३ जनामा औलोका संक्रमित भेटिएको तथ्याकं सार्वजनिक गरिएको थियो ।  यस अघि पनि धरानमा १५ जना डेंगुका विमारी फेला परेका थिए