धरान / धरान उपमाहानगरपालिकामा डेंगु महामारीको रूपमा फैलिएको छ । विशेष बर्षयामको मध्यतिर हुने संक्रमण धरानमा वर्षायम शुरु अगावै ठूलो रूपमा फैलिएको भन्दैं चिकित्सकहरुले चिन्ताको विषय भएको बताएका छन् ।

पछिल्लो समय डेंगु देखापरेको १९ दिनमा धरानमा ६० जनामा डेंगु रोग फैलिएको छ । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । प्रतिष्ठानकी माइक्रोवाइलोजी विभागकी विभागीय प्रमुख प्राडा बसुन्धरा खनालको अनुसार १ सय १४ जनामा गरिएको ल्याव परीक्षणमा ६० जनामा डेंगु भएको जानकारी दिइन् ।

१ सय १४ मा ६० जनालाई संक्रमण हुनुले भयाभव अवस्था भएको उपहानगरको पहलमा बनाएको ¥यापिड रेस्पोन्स टिमका संयोजक तथा प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथा कम्यूनिटि मेडिसिनका एसोसिएट प्रोफेसर डा. विजयकुमार खनालले बताए ।

धरान उपमहानगरले प्रतिष्ठानबाट दुई बटा अल्फा साइफर मेसिन प्रयोग गरेर फगि छर्कने काम गरिरहेको छ । शुक्रबारदेखि विज्ञ चिकित्सक र प्राविधिक टोली घर घरमा पुगेर डेंगु फैलाउने लामखुट्टेकाे अण्डा र लार्भालाई कसरी नष्ट गर्ने, कहाँ कहाँ हुनसक्छ भनेर जनचेतना फैलाउछौं, सिकाउछौं, काम शुरु भएको टोलीको संयोजक डा. विजयकुमार खनालले जानकारी दिए ।

प्रतिष्ठानले पहिलो चरणमा गरिएको अध्ययनबाट निकै भयावह भएको पाइएपछि टिम नै बनाएर परिचालन गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताए । हाल धरानमा देखिएको रोगी मध्य ६ बर्षदेखि ६१ बर्षसम्मको देखिएको छ । मनसुन पछि डेंगु देखिनुपर्ने भए पनि यो बर्ष छिटो देखा परेको उनको भनाइ छ ।