इटहरी । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधीले कसैले चाहेर पनि दुई वर्षअघि केन्द्रीय महाधिवेशन सम्भव नभएको बताएका छन् । महासमिति सदस्यको म्याण्डेट विपरीत सभापति शेरबहादुर देउवा अघि बढेको भनेर आलोचना भइरहेका बेला कसैले चाहेर पनि दुई वर्षअघि सम्भव नभएको बताएका हुन् ।

शनिबार इटहरीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा निधीले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा वा वरिष्ठ नेता रामचन्द्र पौडेलले चाहेर दुई वर्षभन्दा अघि सम्भव छैन । आगामी महाधिवेशन लम्ब्याउन नखोजेको तर विधान प्रक्रियाअनुसार अघि बढ्दा दुई वर्ष लाग्छ’– उपसभापति निधीले भने ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मिश्रित निर्वाचन प्रणाली काङ्ग्रेसकै अडानले गर्दा सम्भव भएकाले गर्दा यसमा गलत ढङ्गले व्याख्या नगर्न कार्यकर्तालाई सुझाए । ‘यी पाँचवटा एजेण्डा पार्टीको लाइनअनुसार भएकाले त्यसविपरीत कुनै नेता–कार्यकर्ताले अभिव्यक्ति दिनु जायज छैन’–निधीले भने ।