जिरोपोइन्ट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरणताका भएको सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरे । धरानमा शनिबार सुनसरी क्षेत्र नं. १ का कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए । ‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ’ –दाहालले भने ।

अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए ।