रंगेली / पाँचथरको मिक्लाजुङ गाउपालीका आरुबोटेमा ९ जनाको हत्याए भएको घटना अझै अनुसन्धानको क्रममा रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।
विहिबार प्रदेश सभामा जवाफ दिने क्रममा मन्त्री कार्कीले उक्त घटनाको अनुसन्धान अझै टुङ्गी नसकेको उनले बताए । घटनाबारे अनुसन्धाको लागी केन्द्रिय विधि विज्ञान प्रयोगसालमा भइरहेको उनले बताए । प्रयोगसालाबाट रिपोर्ट आइ नसकेको उनले बताए । त्यसैगरी मृतकहरुको पोस्टमाटम विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । त्यसको रिर्पोट आउन अझै बाँकी रहेको उनले बताए ।
घटनाको स्थलगत विश्लेषणले झुण्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिम तर्फ देखिएको उनले बताए । उनले संसदमा जानकारी गराए अनुसार घटना स्थलमा भेटिएको खुकुरी माखिमको घरमा रहेको छ । त्यसैगरी माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी उनको कोठामा भटिएको थियो । माखिमले प्रयोग गर्ने मोबाइल पनि सो समयमा घटना स्थल आसपास नै लोकेसन देखिएको मन्त्री कार्कीले जानकारी गराएका थिए । माखिम मानसिक रोगको औषधि सेवन गर्ने गरेको अनुसन्धानबाट खुलेको मन्त्री कार्कीले जानकारी दिए । त्यसैगरी श्रीमतिसँग पनि झगड भएको पनि स्थानीयबाट बुझीएको मन्त्री कार्कीले संसदमा जानकारी गराएका थिए । समयमै माखिम माथि निगरानी गर्न सकेको भए यति ठूलो दुर्घटना नहुन सक्ने उनले बताए ।