धरान / नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १८ गते धरान आउने भएका छन् । बैशाख पूर्णिमामा देखि नाच्न थालेको किराँत राईहरुको साकेलाकाे समापन गर्न उनी धरान आउने भएका हुन ।
किरात राई यायोक्खा सुनसरीले बुधबार पत्रकार सम्मेलन गरि यस्तो जानकार िदिएको हो । प्रदेश १ किराँत प्रदेश हुनुपर्छ भन्ने कुरामा टेवा पुग्छ भन्ने उद्देश्य र किराँत राईको संस्कृती प्रती दाहालको सत्भाब होस भन्ने उद्देश्यले दाहाललाई निमन्त्रणा गरेको किराया सुनसरी अध्यक्ष बलराम राईले सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा ८ वटा बिधामा सिलि प्रतियोगिहरुलाई पुरस्कार प्रदान गर्ने सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका प्रचार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए ।