रङ्गेली / प्रदेश १ को प्रदेश सभामा पूर्व बजेट माथिको छलफल सुरु भएको छ । छलफलमा सहभागी अधिकासं सांसदहरुले कृषी, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रलाई बजेटमा समेटनु पर्ने सुझाव दिएका छन् ।
उनीहरुले मुख्यगरी कृषी र किसानका समस्यालाई बजेटले सम्बोधन गर्नु पर्नेमा जोड दिए ।
सांसद कुलप्रसाद साम्बाले संसद विकास कोष खारेज गर्नु पर्ने माग गरे । उनले संसद विकास कोष मागि खाने भाडो जस्तो मात्र भएको बताए । उनले भने ‘ संसदका योजनाहरुलाई मन्त्रिले कार्यान्वयन गर्ने प्रतिबद्धता गर्ने भए कोष खारेज गरेकै राम्रो हुन्छ ।’
सांसद खिनु लम्बा लिम्बुले भौगोलिक विकट रहेको पहाडीबस्तीलाई विषेश क्षेत्र, संरक्षित क्षेत्रको व्यवस्था गरी बजेट विनियोजन गर्नु पर्ने बताइन । काकडभिट्टा देखि कञ्चनजंगा आधार सिविरसम्म जाने बाटोको लागी बजेटमा प्रभावकारी व्यवस्था गर्न माग गरिन ।
प्रदेश १ सरकारले २०७६÷७७ को बजेटको लागी ल्याएको विनियोजन विधयेक आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोले उक्त विधेयक सोमबार प्रदेश सभामा टेवल गरेका थिए । विनियोजन विधेयकमा समावेस हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नितिहरुसहितको पूर्व बजेटमा सांसदहरुले आ–आफ्नो सुझाव राखेका हुन ।