मोरङ / नेपाली काङग्रेस संसदिय दलका उपनेता हिमाल कार्कीले प्रदेश सरकारले आफ्ना जवाफ नदिए संसद चल्न नदिने चेतावनी दिएका छन् । उनले जनताका सम्बन्धममा प्रदेश सभामा उठेका प्रश्नको जवाफमा प्रदेश सरकारले वेवास्था गर्ने गरेको आरोप लागाएका हुन ।
प्रदेश सभाको पूर्व बजेट छलफल बैठकमा विषेश समय लिएर मंगलबार उनले प्रदेश सरकारको आलोचना गरेका थिए । उनले प्रदेश सरकारले अघिल्ल बर्षको बजेट समेत २५ प्रतिसत भन्दा बढी खर्च गर्न नसकेको बताए । प्रतिपक्षमा रहेर काङग्रेसले विकास निर्माणको काममा बाधा हाल्ने काम नगरेको बताए । उनले प्रदेश सरकालाई सबै विषयमा सहयोग गर्दै आएको छ । ‘सरकारका कामलाई सहमतिका आधारमा सहयोग गर्दा प्रतिपक्षलाई कमजोर ठानियो ।’ उनले भने ‘प्रतिपक्षको सदासहायतलाई कम्जोर नठानियोस ।’
उनले प्रदेश सरकारका मन्त्रिहरुले संसदहरुलाई विभेद गरेको आरोप लागाए । प्रत्यक्ष र समानुपातिक संसदहरुलाई मन्त्रिहरुले अलग अलग व्यवहार गर्ने गरेको बताए । उनले देश भुमाफियाको हातमा पुगेको स्वस्थ्य क्षेत्र पनि व्यापारीको नियन्त्रणमा रहेको बताए । उनले धनि र गरिब बिचको खाडल झनै चर्को रुपमा बढदै गएको बताए । सरकारमा बसेकाहरु मोटाउदै जाने अवस्था रहेको बताए । ‘अहिले देशमा असान्ति फैलिएको छ जनताले सुरक्ष्ीित महसुस गर्न छाडेका छन् ।’ उनले भने ‘घरघरमा स्टिकर टासेर मात्र शान्ति आउदैन ।’
प्रदेश सभा अवरुद्ध गर्ने काङग्रेसका उप नेताको चेतावनी, घरघरमा स्टिकर टासेर मात्र शान्ति आउदैन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































