मोरङ / नेपाली काङग्रेस संसदिय दलका उपनेता हिमाल कार्कीले प्रदेश सरकारले आफ्ना जवाफ नदिए संसद चल्न नदिने चेतावनी दिएका छन् । उनले जनताका सम्बन्धममा प्रदेश सभामा उठेका प्रश्नको जवाफमा प्रदेश सरकारले वेवास्था गर्ने गरेको आरोप लागाएका हुन ।
प्रदेश सभाको पूर्व बजेट छलफल बैठकमा विषेश समय लिएर मंगलबार उनले प्रदेश सरकारको आलोचना गरेका थिए । उनले प्रदेश सरकारले अघिल्ल बर्षको बजेट समेत २५ प्रतिसत भन्दा बढी खर्च गर्न नसकेको बताए । प्रतिपक्षमा रहेर काङग्रेसले विकास निर्माणको काममा बाधा हाल्ने काम नगरेको बताए । उनले प्रदेश सरकालाई सबै विषयमा सहयोग गर्दै आएको छ । ‘सरकारका कामलाई सहमतिका आधारमा सहयोग गर्दा प्रतिपक्षलाई कमजोर ठानियो ।’ उनले भने ‘प्रतिपक्षको सदासहायतलाई कम्जोर नठानियोस ।’
उनले प्रदेश सरकारका मन्त्रिहरुले संसदहरुलाई विभेद गरेको आरोप लागाए । प्रत्यक्ष र समानुपातिक संसदहरुलाई मन्त्रिहरुले अलग अलग व्यवहार गर्ने गरेको बताए । उनले देश भुमाफियाको हातमा पुगेको स्वस्थ्य क्षेत्र पनि व्यापारीको नियन्त्रणमा रहेको बताए । उनले धनि र गरिब बिचको खाडल झनै चर्को रुपमा बढदै गएको बताए । सरकारमा बसेकाहरु मोटाउदै जाने अवस्था रहेको बताए । ‘अहिले देशमा असान्ति फैलिएको छ जनताले सुरक्ष्ीित महसुस गर्न छाडेका छन् ।’ उनले भने ‘घरघरमा स्टिकर टासेर मात्र शान्ति आउदैन ।’