यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पार्टीको सङ्गठनलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने, सरकारले गरेको नकारात्मक कामको विरोध गर्नेलगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । स्थानीय जनभवनमा सञ्चालन भएको कार्यक्रममा पूर्वसभासद् तथा पार्टीका प्रतिनिधि टङ्क राई, जिल्ला सभापति नरेन्द्रकुमार केरुङलगायत जिल्ला तहका नेताहरूले पार्टीलाई सङ्गठित बनाएर लानुपर्नेमा जोड दिए । कुम्मायक र फाल्गुनन्द गाउँपालिकाबाट पार्टीका कार्यकर्ता सहभागी भएको कार्यक्रम कुम्मायक गाउँपालिका सभापति तुलसी निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।