धनकुटा / प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपाल जनताको मुल वाटो भनेको विकास र समृद्धी भएकाले यो वाटोमा सवै मिलेर हिड्नु पर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रचारक संघ (अकोराव) ले धनकुटाको हिलेमा आयोजना गरेको सामुदायिक वहुलता र विविधताको सम्वद्र्धनः सामुदायिक प्रसारणमा आदिवासी जनजाति राष्ट्रिय परामर्श कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्रि राईले यस्तो वताएका हुन् ।
मुख्य मन्त्री राईले आम नागरिकलाई सवै भन्दा छिटो सूचना दिने संचार माध्याम भनेको रेडियो नै भएको वताएका छन् । देशभरको ३ सय ४५ वटा सामुदायिक रेडियोहरुको छाता संस्था रामुदायिक रेडियो प्रचारक संघ (अकोराव) ले निर्वाह गरेको भुमिकाको मन्त्री राईले प्रशंसा समेत गरे ।
सो अवसरमा मुख्यमन्त्री राईले भने– ‘नेपाली जनताले नयाँ नेपाल वनाउन संघीयता रोजेका छन्, यस्ले अव सवै नेपाली जनतालाई एउटै मालमा उन्न सक्दछ ।’ उनले सरकार गठन भएको करिव २ वर्ष हुन लागेको पनि संघीय प्रणालीको रथ भने जस्तो तिव्र गतीमा कुदाउन सकिएको छैन, त्यसमा विविध अवरोधहरु रहेको उनको भनाई थियो ।
मुख्यमन्त्री राईले १ नम्वर प्रदेश भित्रका सवै रेडियोहरुलाई आम नागरिक माँझ प्रयक्ष्य रुपमा जोड्न आगामी वजेटमा सम्वोधन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । त्यसैगरी कार्यक्रमका अर्का अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचना प्रवाह गर्ने सवै भन्दा शसक्त माध्यम रेडियो भएको वताइन । उनले ५१ प्रतिसत महिलाका अनुहार भित्र विविधता छ, त्यस भित्र समावेशी खोज्नको लागी सामुदायिक रेडियोहरुमा महिला केन्द्रित कार्यक्रमहरु वज्नु पर्ने उनको भनाई थियो ।