धरान / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा(को आज बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगाएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भागवण्डा मिलाएर संगठनको संयोजक र सहसंयोजक ताकिएको छ ।

विद्यार्थी संगठनको संयोजकमा एमालेबाट ऐन महर र सहसंयोजकमा माओवादीबाट रञ्जित तामाङले जिम्मेवारी पाएका छन् । महिला संयोजकमा माओवादीकी अमृता थापा र सहसंयोजकमा एमालेकी सीता पौडेलले जिम्मेवारी पाए । प्रेस संगठनबाट संयोजकमा माओवादीबाट महेश्वर दाहाल र एमालेबाट गणेश बस्नेटले जिम्मेवारी पाए । युवामा माओवादीका रामप्रसाद सापकोटा दीपशिखा संयोजक र एमालेका रमेश पौडेल सहसंयोजक तोकिएको छ ।

मजदुर संगठनको संयोजकमा एमालेका विनोद श्रेष्ठ र माओवादीबाट सहसंयोजकमा जगत सिम्खडा तोकिएको छ । यस्तै नेपाल बुद्धिजिवी परिषद्मा एमालेका दिनेशचन्द्र देवकोटा संयोजक र माओवादीका कृष्ण केसी सहसंयोजक तोकिए ।

यसैगरी किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ तोकिएका छन् । अपाङ्ग महासंघको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, मानवअधिकार तथा सामाजिक मञ्चको संयोजकमा मीनबहादुर साही र सहसंयोजकमा हुकुम पोखरेल तोकिए ।

जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।