काठमाडाैं / सरुवाको विषयमा विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा कर्मचारीहरुले हातहाल्ने प्रयास गरेका छन् ।
उद्योग मन्त्रालयका एक कर्मचारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका थिए ।
उनीहरु शुरुमा निजी सचिव प्रेम आचार्यलाई हात हाल्ने प्रयास गरेका थिए ।
नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अपशब्द प्रयोग गदैं गालीगजौल गरेको बताइएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा आएका कर्मचारी नेताहरुले मन्त्रिलाई नै अपशब्द प्रयोग गरिएको मन्त्रालयले जनाएको छ ।

कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको विषयमा विवाद भएको थियो । मन्त्रीमाथि हातपातको प्रयास भए पछि प्रहरी बोलाइएको थियो । प्रहरी आउनु अगावै ती कर्मचारी भागेको मन्त्रालयले जनाएको छ ।