पथरी /  पथरीशनिश्चरे नगरका युवा गायक नन्दु गुरुङले ‘आज लौ तिमी छौ’ बोलको गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजानीक गरेका छन् । टम्पशेर राईको शव्द तथा संगीतमा रहेको गीतलाई ओएसआर युट्युव च्यानल बाट सार्वजानीक गरेको हो ।
म्युजिक भिडियोमा करण सिंह र नग्मा श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । भिडियोमा कलाकारको अभिनयलाई दर्शकले खुलेर तारिफ गरेका छन् । सो गीतको निर्देशन अहिलेका निकै व्यस्त युवा निकेश खड्काले गरेको हो । यस्तै पावल चाम्लिङ राईले संगीत संयोजन गरेका हुन भने सरोज अधिकारीले भिडियोलाई खिचेको हो ।