पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ का शिक्षासेवी, राजनीतक अगुवा र साहित्यकार सीएम अन्दङ्वाको स्मृतिमा जेठ ११ देखि प्रदेश स्तरीय दोस्रो क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जेठ १८ गतेसम्म पथरी रंगशालामा सञ्चालन हुने खेलमा प्रदेश १ का १६ वटा टिमले सहभागिता जनाउने क्रिकेट क्लब अध्यक्ष अरुण राईले जनाए । पथरीशनिश्चरे क्रिकेट क्लवले सो खेलको आयोजना गर्ने खेलको मुख्य प्रायोजकका रुपमा सीएमले स्थापना गरेको एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालय रहेको छ ।

प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५५ र उप बिजेताले ३३ हजार ३ सय ३३ का साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, मेन आफ द सिरिज ले २ हजार ५ सय ५५ का दरले पाउनेछन् ।

प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार १ सय ११ का साथ ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ३ लाख ८० हजार रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ ।

खेलमा टीका फेन्सी स्टोर, पथरीशनिश्चरे नगरपालिका, ट्रु भ्याल्यू र वल्र्डलिंक सहयोगीका रुपमा रहनेछन् ।

यस अघि पनि एभरेष्टले सीएमको सम्झनामा सीएम कन्दङ्वा राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान र राष्ट्रिय युवा प्रतिभा सम्मानद्वारा २ जना सर्जकलाई सम्मान गरिसकेको छ ।