काँकडभिट्टा/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा आउन प्रदेश– का मुख्यमन्त्री शेरधन राईले आग्रह गरेका छन् ।
शनिबार अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य एवम् सांस्कृतिक समारोह कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विप्लवलाई सरकारसँग सहमतिमा आएर नेपालको विकास यात्रामा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले विश्वको सबै भन्दा अग्लो सगरमाथा र नेपालको होचो स्थान केचना प्रदेश–१ मा भएकाले यो प्रदेशलाई पर्यटन केन्द्र बनाउन प्रदेश सरकार अघि बढेको बताए । आ
इतबारसम्म चल्ने कार्यक्रममा मेचेहरूको भाषा संस्कृतिबारेमा भारत र नेपालमा रहेका मेचे समुदायबीच अन्तक्र्रिया र मेचेहरूको भाषा र संस्कृतिक जोगाउनका लागि बहस हुने कार्यक्रमका सभापति कमल मेचेले बताए ।उनका अनुसार मेचे समुदाय झापामा २०६८ को जनगणनाअनुसार ४ हजार ८ आठ सय ६८ जना रहेको कमल मेचेले बताए ।
सङ्घीय सांसद् कुमारी मेचे, नेकपाका नेता रविन कोइरला, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल , मेचीनगरका मेयर विमल आचार्य, नेपाली काङ्ग्रेसका झापा जिल्ला उपसभापति राम कट्टेललगायतले कार्यक्रमलाई शुभकमना दिएका थिए ।
कार्यक्रममा मेचे समुदायको सांस्कृतिक झल्काउने स्वागत नृत्य प्रस्तुत तरेका थिए भने कार्यक्रममा स्वागत रुपेश मेचेले गरेको कार्यक्रमको सञ्चालन रोशनी मेचेले गरेकी थिइन् ।