धरान  / थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी करार भई जन्मकैदको फैसला सुनाइ जेल जीवन विताइरहेको रेशम चौधरीलगायत ११ जनाको जेल मुक्तिका लागि थारुहरुले आन्दोलन गर्ने भएका छन् ।
रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिुले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरे आन्दोलनको घोषणा गरेको हो।
बुधबारदेखि सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बलुवामा आयोजित ‘थारु राष्ट्रिय भेला–२०७६’को निर्णय सार्वजनिक गदें थारु नेताहरुलाई छुटाउन संघर्ष समितिसमेत गठन गरिएको बताइएको थियो ।

राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । भेलाले रेशम चौधरी बचाऔं अभियान, मेची–महाकाली जागरण अभियान, झापादेखि कञ्चनपुरसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, मानवअधिकार आयोग, कुटनितिक नियोग, राजनितिक दललाई बुझाउने तयार िभएको राज थारुले जानकारी दिए ।

कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डषैरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, ुविद्रोहु भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरी लगायतलाई आजीवन कारावासको फैसला सुनाएको थियो।
२०७२ भदौ ७ गते भएको टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी अधिकारी र एक बालकको हत्या भएको थियो।