धनकुटा / धनकुटालाई राजधानी नबनाएको विरुद्ध मंगलवार धनकुटामा १ घण्टा चक्का जाम र साँझ ब्लाक आउट गरेका छ ।
धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको विरोध सभामा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग,अभियान्त ुजनभाई जोशीले लगायतले धनकुटालाई मार्ने काम भएकोले अव धनकुटालाई जिवन्तता दिने निर्णय नगरे सम्म आन्दोलन चर्किने वताए ।
प्रदेश सभाले धनकुटलाई प्रादेशिक राजधानी नबनाएको विरोधमा धनकुटाको जिरो प्वाईन्टमा दिनको १२ बजे देखी १ बजेसम्म एक घण्टा चक्का जाम गरेको धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठले वताए । धनकुटाबजारमा मंगवलार साँझ ७ बजे देखी ७.३० बजे सम्म ब्लाक आउट (बत्ति निभाउने) कार्यक्रम आयषेजना गरिएको प्रादेशिक राजधानी अभियान समितिका सदस्य सुजनभाई जोशीले वताए ।
यसैगरी प्रादेशिक राजधानी अभियान समितिले प्रादेशिक राजधानी नभएको विरुद्ध भोली बैसाख २५ गतेका दिन (आज) धनकुटामा तिन बजे देखी एक घण्टा सम्म चक्काजाम गर्ने अभियान समितिका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए । अवको दिनमा थप आन्दोलनलाई अझ सशक्त बनाउदै धनकुटाको वारेमा सम्बोधन नगरेसम्म आन्दोलन सशक्त ढंगले संचालन गरिने राईले वताएका छन् ।