काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच आज एकता भएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कार्यक्रमको अध्यक्षता गरिरहेका उपेन्द्र यादवले नाम घोषणा गरे भने केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवलाई डा. बाबुरामले घोष्णा गरेका थिए ।
एकता घाेषाणा कार्यक्रममा एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक र त्यस पछि सदन भएको बताएका छन् । संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी पनि दिए ।
बरिष्ठ नेताका रुपमा अशोककुमार राई चयन भएका छन । पार्टी सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् । यस्तै, उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
महासचिवहरुमा, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिवहरुमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् भने सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोङ, पर्शुराम बस्नेत, प्रशान्त सिंह चयन भएका छन् । पार्टी कोषाध्यक्षमा विजयकुमार यादव चयन भएका छन् ।